Logo

आज यी कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं, १६ चैत्र । नेपाल इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश आजसम्म कायम भएका शेयरधनीहरुले मात्र पाउने भएका हुन् । यी तीन कम्पनीले साधारण सभा प्रयोजनार्थ चैत्र १७ (भोली) बुक क्लोज गर्ने भएकोले आजसम्म कायम भएका शेयरधनीहरु मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

ग्रीन डेभलपमेन्ट बैंकको चैत्र २८ गते सभाले ४ प्रतिशत लाभांश प्रस्ताव गर्ने भएको छ । त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको १२ दशमलव ६३ प्रतिशत लाभांश चैत्र २९ गते १२ औं साधारण सभाले पारित गर्ने भएको छ ।

नेपाल इन्स्योरेन्सको चैत्र २७ गते सिनामंगलमा हुने ७२ औं सभाले १० प्रतिशत लाभांश पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्