Logo

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं, १६ चैत्र । ग्लोबल आइएमई बैेंक लिमिटेडले बिक्रि खुला गरेको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिनेछ । बैंकले ८ वर्षे अवधिको लागि ‘८.५ प्रतिशत डिबेन्चर ०८६/८७’ ऋणपत्र चैत्र १ गतेबाट निष्कासन गरेको थियो । चैत्र ४ गतेसम्म तोकिएको ऋणपत्र बिक्रि नभएपछि समय थपिएकोे हो ।

बैंकले निष्कासन गरेको डिबेन्चरमा चैत्र १६ अर्थात आजसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले ८ वर्षको लागि ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र ८ वर्षे अवधिको ऋणपत्र बिक्रि खुल्ला गरेको हो ।

बैकले ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नामको ऋणपत्र निष्कासन गरेको हो । जारी गरेको ऋणपत्रमध्ये कम्पनीले १२ लाख कित्ता र व्यक्तिगत रुपमा १९ लाख कित्ता विक्रि गर्ने र ५ प्रतिशत सामुहिक लगानी कोषलाई छुट्टाइएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्