Logo

चीनले नेपाललाई दिएको आठ लाख डोज भ्याक्सिन नेपाल आईपुग्यो



काठमाडौं, १६ चैत्र । मित्रराष्ट्र चीनले नेपाललाई उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप भेरोसेल नेपाललाई हस्तान्तरण गरेको छ । त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा आठलाख डोज सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन् ।

चीनले नेपाललाई सो खोप उपहार स्वरुप उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाकारी दिए। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्