Logo

राजनैतिक रूपमा प्रधानमन्त्रीले बहुमत गुमाईसक्नुभयो : कांग्रेस प्रवक्ता शर्मा (भिडिओसहित)



काठमाडौं, १६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले संसद पूनःस्थापना भएपछि नैतिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन् । राजनैतिक रुपमा प्रधानमन्त्री ओलीले बहुमत गुमाएपनि कानूनी रुपमा बहुमत कायमै रहेको उनको टिप्पणी छ ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि आफ्नो पार्टीले ढिलाई गर्नुको कारण अहिलेपनि कांग्रेस, माओवादी केन्द्र र जसपा नेपालबीच ठोस सहमति नहुनु नै रहेको स्पष्ट पारेका छन् ।

प्रवक्ता शर्माले ओली नेतृत्वको सरकार हटाउने सवालमा ठोस सहमति नभएको जिकिर गरे । उनले आफूहरुले प्रधानमन्त्री पद चाहियो भनेर नभनेको पनि स्पष्ट पारे । अहिले कांग्रेसले झ्यालबाट हेरिरहेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले गरेको संसद् विघटन असंवैधानिक भनेर आफ्नो पार्टीले भनिसकेको उल्लेख गर्दै उनले अवस्था परिपक्व भएपछि निर्णायक कदम चाल्ने बताए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्