Logo

दाहाल–नेपाल फेरि गोप्य भेटवार्तामा



काठमाडौं, १६ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का वरिष्ठ नेता माधव कमुार नेपालबीच भेटवार्ता जारी छ । कोटेश्वरस्थित् एक व्यापारीको घरमा दाहाल र नेपालबीच भेटवार्ता जारी रहेको उच्च स्रोतले जनाएको छ । यसअघि पनि दुई नेताबीच उनीहरुबीच भेटवार्ता यही घरमा भएको थियो ।

यसअघिको भेटवार्तामा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी थिए । तर, आजको भेटमा दाहाल र नेपालमात्रै सहभागी छन् । माओवादी केद्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसको पूर्व सन्ध्यामा दाहाल र नेपालबीच अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको बुझिएको छ। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् ।

तर, नेता नेपाल भने राजनीतिक जीवनको अहिलेसम्मै सर्वाधिक संकटपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । नेता नेपालसहित नेताहरु डा. भीम बहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका थिए । त्यसको जवाफमा नेता नेपाल र रावलले उल्टै प्रतिस्पष्टीकरण नै सोधेका छन् ।

यसले पनि एमालेभित्रको आन्तरिक किचलो समाधान हुनुको साटो झनै चर्किएको छ । फागुन २८ गतेपछिका सबै निर्णय खारेज हुनुपने नेपाल पक्षको अडान छ । तर, ओलीले कुनैपनि हालतमा ती निर्णय फिर्ता नहुने बताईसकेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्