काठमाडौं, १६ चैत्र । आज शेयर बजार ओरालो लागेको छ । सोमबार ०.२१ प्रतिशत अर्थात ५.४५ अंकले घटेर २५ सय ४३ दशमलव ५२ विन्दुमा झरेको हो ।
त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि ०.३९ अंकले घटेर ४४९. ९२ विन्दुमा झरेको छ । नेप्से परिसुचक अनुसार आज २०९ कम्पनीको ६४ हजार ५१५ पटक कारोबार भएर ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको ९१ लाख ३८ हजार ९३५ शेयर खरिद बिक्रि भएको छ ।
आज हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्सको क्रमशः १.०७, ०.९६ र ०.४५ प्रतिशतले नेप्से परिसुचक बढेको छ । अन्य अन्य ९ उपसमुहको भने परिसुचक घटेका छन् ।
सोमबार सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४४ करोड ३१ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकको प्रतिशेयर मुल्य ६ सय ६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, अपर तामाकोशीको ३८ करोड ७७ लाख भन्दा धेरेको कारोबार भएको छ । नेप्सेको अनुसार कम्पनीको प्रतिशेयर मुल्य ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चन्द्रागिरी हिल्स लिमिटेडको ७.१७ प्रतिशत अर्थात १४९ रुपैयाँले घटेर प्रतिशेयर १९ सय ३० रुपैयाँ कायम भएको छ ।