काठमाडौं, १६ चैत्र । लक्ष्मी बैंकले विश्व वित्तीय सप्ताह (ग्लोबल मनिविक) २०२१ को उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकको अनुसार वित्तीय साक्षरता अभियान अन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब एक हजारभन्दा बढी विद्यार्थीहरुलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउँदै खुत्रुके वितरण गरेको हो ।
युवाहरुमा प्रविधिको प्रयोग गरी बैकिङ्ग गर्ने बानीको विकास गर्ने उदेश्यले विभिन्न व्यवसायमा आवद्घ साना व्यवसायीहरुलाई डिजिटल बैंकिङको प्रयोग सम्बन्धी ३ वटा तालिम सत्र बैंकले सञ्चालन गरेको जनाएको छ ।
बैकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिबृद्धि सम्बन्धी वृत्तचित्र “समृद्घिको अभियान, लक्ष्यवित्तीय ज्ञान” नेपाल टेलिभिजनबाट २०७७ चैत्र १० गत ेतथा चैत्र १५ गते प्रसारण बैंकले जनाएको छ ।