Logo

माधव नेपाल रोएको तस्बिर सेयर गर्दै सूर्य थापाले भने : ‘विधि, पद्धती र प्रक्रिया पूरा गरेर निलम्बन गरिएको हो’



काठमाडौं, १६ चैत्र । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्टीकरण सोधेर विधि, पद्धती र प्रक्रिया पूरा गरेर नै वरिष्ठ नेता माधव कुमार नेपाल र डा. भीम बहादुर रावललाई साधारण सदस्यबाट ६ महिनाको लागि निलम्बन गरिएको स्पष्ट पारेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र रावललाई ६ महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरेको निर्णय उल्लेख गर्दै थापाले यस्तो बताएका हुन् । उनले नेता नेपाल रुँदै गरेको तस्विर सार्वजनिक गर्दै भनेका छन्,”स्पष्टीकरण सोधि विधि, पद्धती र प्रक्रिया पूरा गरेर यो कार्य गरिएको हो । जबकि, प्रचण्ड नेपालले स्पष्टीकरण नै नसोधी कंगारु कोर्टले जस्तै हामीलाई कथित लिनम्बन गरेका थिए ।”

Related News: 

ओलीले ६ महिना निलम्बन गरेपछि माधव नेपालले भने–‘ओलीको निर्णय चरम असहिष्णु’

६ महिनाको लागि निलम्बन गरेको निर्णयको भत्सर्ना गर्दै रावलले भने–पूर्ण रुपमा अस्विकार गर्छु 

माधव नेपाल र भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष ओलीको निर्णय, पठाए पत्र



प्रतिक्रिया दिनुहोस्