Logo

संविधानमा होइन शासनमा बस्नेको कमजोरी



डा. भीमार्जुन आचार्य: नेपालको संविधानको कार्यान्वयनको अवस्था सन्तोषजक छैन । पहिलो, भर्खरै मात्रैको अवस्थालाई हेर्ने हो भने पनि संसद् संविधानले परिकल्पना महत्वपूर्ण प्रक्रिया हो प्रतिनिधिसभा । त्यसलाई नै प्रधानमन्त्रीले विघटन गर्ने काम गरे । त्यो संविधानमाथि नराम्रो प्रहार थियो । त्यसलाई सम्मानित अदालतले असंवैधानिक ठहर गरेर पुनस्र्थापना गरिदियो । यो संसद्ले जसरी एउटा गति लिनुपर्ने थियो । दोस्रो, संविधान बनेको पाँच वर्ष लागिसकेको छ । प्रधानमन्त्रीले गरेका काम र जनताका अपेक्षाहरूमा मेल खाँदैन । राजनीतिक, आर्थिक सामाजिक न्यायका कुराहरू संविधानमा उल्लेख छन् । समावेशीको कुरा उल्लेख गरिएको छ । मुलुकमा नयाँ संविधान जारी अहिलेको अवस्थाको कुरा तमाम कुरा संविधानले जसरी परिकल्पना ग¥यो र लेखेर त्यो चेतनाको प्रत्याभूति जनताले गर्न पाएका छैनन् । त्यो अत्यन्त दुःखद् पाटो हो ।

संविधानले १३ वटा संवैधानिक निकायको व्यवस्था गरेको छ । संवैधानिक अंग, संवैधानिक आयोगहरू, लोकसेवा, अख्तियार दुरुपयोग अनुसन्धानलगायतका ठाउँमा नियुक्ति गरिएका व्यक्तिहरूको बारेमा आज विवादहरू भएका छन् । त्यसकारण जुन गति र उत्साहमा संविधानको कार्यान्वयन हुनुपथ्र्यो । संविधानप्रति आस्था वृद्धि भएको हुनुपथ्र्यो । त्यो नभएर राज्यमै बसेका व्यक्तिहरूबाट संविधानको बारम्बार उल्लंघन हुने गरेकोे छ । जसले गर्दा संविधानमाथि र संविधानले परिकल्पना गरेको व्यवस्थामाथि अनास्था अढी भएको पाइन्छ ।

अहिलेका नेताहरूमा राजनीतिक अठोट पनि देखिएन, समर्पण पनि देखिएन । कानुन संविधानलाई परिपालना सरकार पनि देखिएन । त्यसपछि राजनीतिक नैतिकताको पनि अभाव देखियो । यी सबैको समष्टि र प्रभाव अहिलेको अवस्था हो भन्ने लाग्छ । यो कुरा दुखद् हो किनभने नेपाली जनताले धेरै दुःख गरेर ल्याएको संविधान हो । यसलाई हामीले अझ बलियो र सुदृढ बनाउनुपर्ने हो । त्यसकारण धेरै किसिमको कमीकजोरी राजनीतिक व्यक्तिहरूसँग देखिन्छ । त्यसकारण अहिले मुलुक अल्झिएको भन्दा मुलुकलाई अल्झाइएको हो । विभिन्न खालका स्वार्थ समूहहरूको चंगुलमा मुलुकलाई पारिएको छ ।

राजनीतिक गर्ने व्यक्तिहरू र शासनमा बसेका व्यक्तिहरू असक्षम, अपारदर्शी र बेइमानी भएका कारणले मुलुकलाई अहिलेको संकटपूर्ण घडीमा पु¥याइएको हो । हिजो त्यति ठूलो कोभिडको महामारी हुँदा पनि बरु मुलुक एउटा लयमा अगाडि बढेको थियो । त्यो लयलाई पेल्ने काम हामीले ग¥यौं । त्यो लयलाई फेरि फर्काउन सकिन्थ्यो । त्यसप्रति कसैको ध्यान गएको छैन । यी सबै चिजको मुख्य कारण भनेकै कानुन र संविधानको कमीकमजोरी, शासनमा बसेका व्यक्तिहरूको कमीकमजोरी भए । राजनीतिक कमीकमजोरी भए । मुलुकलाई ठीक ठाउँमा ल्याउने हो भने फेरि एउटा राजनीतिक सहमति गरेर अगाडि बढ्नुपर्छ । कानुनले परिकल्पना गरेको विषयलाई परिपालना गरी अगाडि बढ्ने हो भने भोलिको दिन सुखद नेपाल हुनेछ भन्ने मलाई लागेको छ ।

यहाँ संविधान संकटमा प¥यो भनिएको छ । त्यो राज्यसत्तामा बसेका व्यक्तिहरूले सम्झने हो । संविधानमा संकट परेको होइन । त्यो त निर्जीव हुन्छ । त्यसलाई परिपालना गर्ने व्यक्तिहरूका कारणले गर्दा संविधानमाथि लाक्षणिक रूपले संकट देखा परेको छ । यसको समाधानको उपाय त दलका नेताहरू पहिला त सुध्रिने नै हो । किनभने पटक–पटक अर्को संविधान लेखेर साध्य हुँदैन । राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एउटै व्यक्तिहरूले धेरै कुरा लिने त्यो अहिलो समस्या हो । भएको चिजलाई नै फालेर समस्याको समाधान हुने होइन । भएकै चिजलाई इमानदारिताका साथै नैतिक र चरित्रवान् हुनुपर्छ । यो व्यवस्थालाई सुदृढ बनाउने हो भने शासन सत्तामा बस्ने व्यक्तिहरूले कानुनी र संसदीय प्रजातन्त्र हुने हो । यसलाई सुदृढ गरेर अगाडि बढ्न लागे भने राम्रो हुन्छ । होइन आफूखुसी गर्ने हो भने भएको उपलब्धि पनि गुम्न सक्छ ।

अन्तमा, रिपोर्टर्स क्लब नेपालले व्यक्तिका विचारहरूलाई बाहिर पस्किने र आमजनताको सरोकारहरूलाई सम्बोधन गर्ने गरेको छ । साथै स्मारिकाको माध्यमबाट पनि यो विषयको परिपूर्ति गर्दै आएको छ । २३औं वार्षिकोत्सवको अवसरमा अहिलेसम्म पु¥याएको योगदानको बारेमा र आगामी दिनको लागि उत्तरोत्तर प्रगतिको लागि कामना गर्दछु । यसले लोकतन्त्र, विधिको शासन र सामाजिक न्यायमा पु¥याउँदै आएको योगदान अझ सशक्त रूपमा आगामी दिनमा बढ्दै जाओस् र निरन्तरता भइरहोस् भन्ने शुभकामना दिन चाहन्छु । (रिपोर्टर्स क्लब नेपालको स्मारिकामा प्रकाशित विचारबाट साभार)

 



प्रतिक्रिया दिनुहोस्