डा. चन्द्रदेव भट्टः नेपालमा सिद्धान्तको राजनीति ओझेलमा परेको छ । विशेष गरेर २०४७ सालपछि सिद्धान्त र नैतिकताको राजनीति ओझेलमा परेको हो । यसका पछाडि धेरै कारणहरू छन् । एउटा कारण हाम्रो राजनीति गर्ने मान्छेहरूकै समस्या हो । दोस्रो १९९० पछि जुन किसिमको नीतिहरू आए त्यो नीतिसँग हाम्रो राजनीति अनुकूल भएन ।
देशमा तीन किसिमको राजनीतिक रूपान्तरण भयो । एउटा राजनीतिक रूपान्तरण भयो, हामीले प्रजातन्त्र अपनायौँ । दोस्रो अर्थतन्त्रको रूपान्तरण भयो । हामीले उदार अर्थशास्त्रीय नीति ल्यायौँ । तेस्रो सामजिक समस्या आयो । यसमा हामीले विभिन्न किसिमको संविधान र अधिकारको कुरा ग¥यो । विभिन्न किसिमको मूल्य र मान्यतामा हामीले प्रतिज्ञा गर्यौँ । सैद्धान्तिक रूपमा प्रतिज्ञा गर्यौँ तर राजनीतिक आचरणमा परिवर्तन भएन । दोस्रो त्यसको लागि चाहिने मैदान हो हाम्रो परिस्थिति त्यसमा पनि हामीले सुधार गर्न सकेनौं । त्यसले गर्दा सैद्धान्तिक विचलन भयो, सैद्धान्तिक विचलनमा गइसकेपछि नैतिक विषयमा जानुपर्ने भयो । राजनीति एउटा छुट्टै किसिमको क्षेत्रको रूपमा आयो । जसले तीनवटा कुरा ग्यारेन्टी गर्ने भयो । पावर, प्रेस्टिज र पैसा यी त्यहाँबाट आउने भयो । राजनीति केको लागि गर्ने भने बुझिएन । उद्देश्य त अलग हो तर त्यो उद्देश्यभन्दा बाहिर गएर यो कस्तो खालको राजनीतिक विकास १९९० पछिको हो । अहिले झन् बलियो भएर आएको छ जसले राजनीतिलाई करियरको रूपमा लिए त्यो वर्गले राजनीतिलाई करियरको रूपमा लियो ।
सामाजिक संघसंस्थामा काम गर्नेलाई नागरिक समाज भन्छांै । त्यो नागरिक समाज नागरिकको हक अधिकारको वकालत गर्ने पेसाको रूपमा आयो । दुवैको एउटा राजनीति गर्ने पनि धेरै वर्गमा छैन । अर्काे एड्भोकेसी गर्ने समाजको ठूलो जमात होइन । त्यो दुवैले जमातले समाजलाई प्रभावित पार्ने भयो । उनीहरूले जसरी समाजलाई डोर्याए त्यहीअनुसार हुुन लाग्यो । त्यसले राजनीतिमा ठूलो सैद्धान्तिक विचलन भयो । त्यो फेरि सुदृढ भएर आयो । अहिले त्यो हाम्रो ठूलो समस्या हो ।
पछिल्लो दिनमा सामाजिक सञ्जालहरू फेसबुकुस या ट्विटरमा हेर्न सकिन्छ । पार्टी फरक भए पनि एउटा राजनीतिक वर्गले अर्को राजनीतिक वर्गलाई संरक्षण र सहयोग गरिरहेको छ । कुनै नेताको नजिकको मान्छे म¥यो भने समवेदना लेख्छन् । तर जनता पनि मरिरहेको हुन्छ । त्यहाँ कुनै समवेदना देखिँदैन । वर्ग—वर्गबीच सद्भाव छ । उनीहरूको सोच उनीहरूको बीचमा मात्र छ । राजनीति वर्गको बीचमा एकता छ । राजनीतिभन्दा बाहिरको जनता हो । राजनीतिको वर्गले उनीहरूलाई नागरिकसम्म बनाउन सकेको छैन । यसमा अलग हिसाबले व्यवहार गर्छन् । लोकतन्त्रको जति कुरा गरे पनि त्यसलाई व्यवहारमा उतार्न सक्ने खालको वातावरण सृजना गर्न सकेका छैनौं । यो नै आधारभूत समस्या हो ।
एउटा विषय आचरणको र दोस्रो कुरा यो आधुनिक र उदार लोकतन्त्रले केही विषय माग्छ । आधुनिक र उदार राजनीतिले केही यसको मूल्य र मान्यताहरू छन् । मूल्य र मान्यताहरूको लागि पनि हामीले विकास गर्न सकेनौं । त्यसले गर्दा चरम असन्तुष्टिको अवस्था सिर्जना भएको हो ।
यसको असर समाजमा भएको छ । समाजमा एउटा राजनीतिक रूपमा ठाडो ध्रवीकरण भएको छ । अर्काे ध्रवीकरण एउटाले अर्कोलाई संरक्षण र साथ दिनेतर्फ ध्रुवीकरण भयो । दोस्रो राजनीतिप्रति वितृष्णा भयो । लोकतन्त्र र राजनीति भनेको यस्तै रहेछ । निश्चित वर्गको लागि मात्र रहेछ सबै वर्गको लागि हैन रहेछ भन्ने किसिमको भयो । तेस्रो, समाजले पनि रोल मोडल खोज्छ । रोल मोडल पछिल्लो पुस्तामा देखिँदैन । गणेशमान सिंह एउटा रोलमोडल हुनुहुन्थ्यो जसले प्रधानमन्त्रीको पदको प्रस्ताव आउँदा पनि बन्नु भएन ।
कृष्णप्रसाद भट्टराई एउटा किसिमको रोल मोडल हुनहुन्थ्यो । उहाँले सादगी जीवन बिताएर समाजमा सकारात्मक सन्देश दिनुभयो । अनि त्यसपछि मनमोहन अधिकारी हुनुहुन्थ्यो । उहाँले पनि सरल नेताको रूपमा आफूलाई उभ्याउनुभएको थियो । सन् १९९० को मध्यसम्म उहाँहरूले रोलमोडलको काम गर्नुभयो । विगतमा यस्ता नेताहरू थिए जसले समाजलाई राम्रो नेतृत्व गरिराखेका थिए । तर त्यो रहेन । राजनीति मूल्य र मान्यतामा आधारित हो । मूल्य र मान्यता नभए पनि कानुनी शासनबाट समाज सञ्चालन हुने हो । पश्चिमा समाजमा हाम्रो जस्तो मूल्य र मान्यता नभए पनि उनीहरू कानुनको शासनबाट निर्देशित छन् । डेनमार्कको प्रधानमन्त्रीसँग सम्बन्धित एउटा घटना छ । डेनमार्कको प्रधानमन्त्री तरकारी किन्न गएछन् । तरकारी किन्न गएर कार पार्किङ गरेछन् । तरकारी किनेर आएपछि पार्किङबाट कार निकाल्दा त्यो पार्किङ शुल्क तिरेनछन् । अनि शुल्क नतिरेपछि पार्किङ एटेन्डेन्टले पैसा माग्यो । उनले भनेछन्– म यो देशको प्रधानमन्त्री हुँ । अनि पार्किङ एटेन्डेन्टले भन्छन्– कार जसले पार्किङ गरे पनि पैसा दिनुपर्छ, प्रधानमन्त्रीले तिर्नु पर्दैन भनेर लेखेको छैन । तपाईं यदि तिर्न चाहनु हुँदैन भने अर्कै पार्किङ बनाउनुहोस्– उनले भन्छन् । पश्चिमा समाजले कानुनी शासनसम्बन्धी मूल्य र मान्यताको अभ्यास गरेको उदाहरण हो यो । बेलायतमा २० वर्षसम्म पत्रिकाहरू नै त्यतिकै छोडेर राख्थे । मान्छेहरू बस्दैनथे । पैसा त्यहीँ राखिदिन्थे । हामीले त्यो किसिमको रोल मोडल जन्माउन सकेनौं । राजनीतिले रोल मोडल दिएन । नागरिक समाजमा काम गर्नेहरू रोल मोडल भएनन् । उनीहरू करियर र पैसाको पछाडि परे । त्यो बाहिरका रोल मोडलहरू केही मूल्य र मान्यता अंगीकार गरेकै छन् । त्यो नभएको भए समाज टिक्दैनथियो । तर त्यसको सुनवाइ हुँदैन । त्यो बाहिर आएको छैन ।
प्रसंग संविधानको, संविधानले समाज र राजनीतिलाई बाँध्ने हो । समाज र राजनीतिलाई सही दिशातर्फ लाने मार्गदिशा प्रदर्शन गर्दछ । आधुनिक संविधानले सवैधानिक आचरणको व्यवस्था गर्छ । त्यो संवैधानिक आचरण जबसम्म हँुदैन संविधानको खासै केही पनि अर्थ रहँदैन । संविधान नै नमान्ने हिसाबले त्यसलाई परिभाषित गर्ने, आफ्नो पार्टीलाई फाइदा हुने गरेर आफूलाई फाइदा हुने गरेर र आफ्नो मान्छेलाई फाइदा हुने गरेर जुन हिसाबमा अगाडि बढिरहेका छौँ त्यहाँ संविधानको केही मान्यता नै छैन । मुलुकमा राजनीतिक दायराभन्दा बाहिर संविधानको दायिराभन्दा बाहिर गएर राजनीतिलाई परिभाषित गर्ने, नेताले जे कुरा भन्छन्, पार्टीले जे भन्छ त्यही नै सत्य हो भन्ने प्रवृत्ति हाबी भएको छ । संविधानभन्दा बाहिरको अर्थात् एक्स्ट्रा कन्सिट्युटनल राजनीतिक दुस्साहस गर्ने परिपाटी विकास भएको छ । अझै त्योभन्दा बाहिर गएर राजनीकिलाई परिभाषित गर्ने प्रवृत्ति हावी भएको छ । संविधानले र राजनीतिक नेतृत्वले लोकतन्त्रलाई बचाउने भन्ने गरिन्छ । तर, लोकतन्त्रलाई सुरक्षा गर्नु पर्दैन । सुरक्षा गर्नुपर्ने जनताको हो । जनतालाई सुरक्षा गरेपछि लोकतन्त्रको आफैं सुरक्षा हुन्छ । उसले आफैं संविधान मान्छ ।
संविधानमा विभिन्न किसिमको समस्याहरू होलान् । त्यो फरक पाटो भयो । त्यसमा निश्चित ढाँचा गरिएको छ । त्यसले राजनीतिमा केही निश्चित आशा गरेको हुन्छ । त्यो किसिमको मूल्य र मान्यतामा बाँधिएनौ भने अराजकता हुन्छ । अराजकतालाई राजकतामा ल्याउन संविधानको विकास गरिएको हो । हाम्रो समाज धर्मले बाँधिएको समाज हो । धर्म निरपेक्षता भनेर हामीले संविधान ल्यायौँ । संविधान र धर्म एकै किसिमको भूमिका हुनुपर्ने हो । धर्म मान्छौं भने संविधान पनि मान्नुप¥यो । त्यो किसिमको नैतिकताको विकास गर्नुपर्ने हो संविधानले । तर त्यो भएन । पछिल्लो समयमा संंविधानमा खेलवाड भएको छ । यसले नेपालमा राजनीति अराजकता देखिइरहेको छ ।
नेताहरू हामी संविधानभन्दा माथि हो, हामीले जे गरे पनि हुन्छ र नागरिक शब्दसमेत प्रयोग नगरी जनता मात्र भनेर जनता संविधानभित्र बाँधिनुपर्छ भन्छ । त्यसले दुईवटा वर्गको विकास गर्छ एउटा नेता र अर्काे जनता । नेता र जनता जब दुइवटा वर्ग हुन्छ अर्काे किसिमको द्वन्द्व चर्किहाल्छ । त्यसैले त्यो किसिमको भाषा प्रयोग गर्छ । आफूलाई संविधानभन्दा माथि जसरी प्रस्तुत गर्छ । हामीले नेताको भाषणमा त्यो पाउँछौं ।
अब हामीले देशलाई कसरी सही मार्गमा लाने भन्ने विषय उत्तिकै महत्वपूर्ण हुन्छ । ७० वर्षअगाडि यता नेपाली राजनीतिमा धेरै तलमाथि हुने घटनाहरू भए । राजनीति नेतृत्वले विभिन्न किसिमको समस्यालाई सही दिशातर्फ लान सकेन । देशको लागि होइन कि आफ्नो स्वार्थको लागि देशलाई निश्चित दिशातर्फ लगेको देखिन्छ । नेता भनेको नेतृत्व गर्न सक्ने किसिमको विकसित वर्ग हुनुपर्ने हो । नेतृत्वमा नैतिकताको ठूलो महत्व हुन्छ । नेताहरू जहाँ नीति हँुदैन त्यहाँ सही नेतृत्व हुँदैन ।
महाभारतको युद्ध सकिएपछि युधिष्ठिरले भीष्म पितामहलाई सोध्छन्ः हामीले यो धर्म युद्ध गरेको हो । धर्म युद्ध गर्दा पनि हामी सबैको नास भयो । महाभारतको युद्ध सकेपछि १३ जना मात्र बाँचेका थिए । भीष्मले भन्छन्ः जुन देशमा नेता बढी हुन्छन् नीति हुँदैन त्यो देश नास नै हुन्छ । त्यसैले नीतिको महत्वपूर्ण भूमिका हुन्छ । हामीकहाँ नीतिको अभाव छ । नीति कसरी ल्याउने ? हामीकहाँ सबैभन्दा ठूलो समस्या भनेको अरूलाई पढाउन सकिन्छ आफैं पढ्न कहिल्यै पनि नचाहने । हामीले आफैंले सिक्दैनौँ । हामीले पुर्खाबाट पनि सिक्दैनौं । सिकाएको पनि सिक्दैनौं । न इतिहासबाट सिक्छौं न वर्तमानबाट सिक्छौं । यहाँ इतिहास दोहोरी मात्र रहन्छ । नैतिकता महत्वपूर्ण कुरा हुन्छ ।
रामायणमा रावणले सीता हरण गर्छन् । सीतालाई रावणले लगेर अशोक वाटिकामा राख्छन् । प्रत्येक दिन अशोक वाटिकामा जान्छन् । । उनले जे गर्न खोजेका हुन् त्यो गर्न सक्दैनन् । रावणकी सहयोगीले भन्थिन्, ‘‘तपाईं रूप परिवर्तन गर्न सक्नुहुन्छ र सबै किसिमको विधामा पारंगत हुनुहुन्छ । तपाईं रामको रूप लिएर किन जानुहुन्न । रामको रूप लिएर गएपछि त जे चाहनुहुन्छ त्यही गर्न सक्नुहुन्छ ।’’ रामको रूप लिएर पनि दुव्र्यवहार गर्न कोसिस गरे । रावणले भने, ‘‘तर, रामको रूप लिएर गएपछि दुव्र्यवहार गर्ने त्यो चाहना हराएर जान्छ ।’’ त्यसकारण नैतिकताले मान्छेलाई नकारात्मक व्यवहारबाट पनि रोक्छ । त्यो किसिमको भावना जगाइहाल्छ । बाहिरी मुलुकका नेताहरू सानो समस्या आउनेबित्तिकै राजीनामा दिन्छन् । नैतिकता भनेको त्यस्तो अवस्थामा देखाइहाल्छन् र आउँछ पनि । आधुनिक राजनीतिलाई सञ्चालन गर्ने हो भने केही कुरा अरूबाट सिक्न पर्छ । हामी अरूबाट पनि नसिक्ने, अरू समाजबाट पनि नसिक्ने र आफैंबाट पनि नसिक्ने ? हामीले हाम्रो समाजलाई नीतिसंगत तरिकाले बढाउने र मजबुत बनाउने हो भने सिक्नुपर्छ ।-रिपोर्टर्स क्लब नेपालको स्मारिकामा प्रकाशित विचार