काठमाडौं, १७ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा नाम विवादबारे फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकनमा जाने भएका छन् । अदालतले नेकपा एकतालाई २०७५ जेठ ३ अघिको अवस्थाम फर्काइदिएको थियो ।
पार्टीभित्र र कानून व्यवसायीहरुसँगको छलफलपछि अध्यक्ष दाहाल आज उक्त फैसलाको विरुद्धमा आज न्यायिक पूनरावलोकनको लागि सर्वोच्च अदालत जान लागेका हुन् । यसअघि दाहालले वरिष्ठ अधिवक्ता शम्भु थापासँग परामर्श गरेका थिए । हिजोमात्रै पनि दाहालले नेकपा (एमाले) का नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालसँग यस विषयमा छलफल गरेका थिए । File Photo/ReportersNepal