Logo

माधव नेपाल र भीम रावललाई सुध्रिनको लागि अन्तिम मौका दिईएको छ : सूर्य थापा (भिडिओसहित)



काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले देश र जनताविरुद्ध अपराधिका गतिविधि गरेकोले माधव कुमार नेपाल र भीम बहादुर रावललाई पार्टीले ६ महिनाको लागि निलम्बन गरेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निलम्बन भनेको पार्टीबाट निश्काषन नभएको भन्दै अहिले गरिरहेको गतिविधि रोक्न, एकतामा फर्कन, महाधिवेशनतर्फ अघि बढ्न, प्रचण्डसँगको खुसामत बन्द गर्न र पार्टी प्रक्रियामा फर्किनको लागि मौका दिईएको पनि स्पष्ट पारे । उनले माधव नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय अध्यक्ष केपी शर्मा आलीको मात्रै नभएर केन्द्रीय कमिटीको निर्णय भएको स्पष्ट पारे । उनले नेता नेपाल र रावललाई सुध्रिनको लागि अन्तिम मौका दिईएको पनि सुनाए ।

 



प्रतिक्रिया दिनुहोस्