Logo

केपी ओलीले विदेशीसँग साँठगाँठ गरेर देशभक्तिपूर्ण आवाजलाई दमन गर्ने कुकृत्य गरे : भीम रावल (भिडिओसहित)



काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का नेता डा. भीम बहादुर रावलले केपी शर्मा ओलीले आफूहरुलाइृ ६ महिनाको लागि निलम्बन गरेको कारबाही कुनैपनि हालतमा नमान्ने स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री ओलीले विदेशीसँग साँठगाँठ गरेको पनि गम्भीर आरोप लगाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,”केपी शर्मा ओलीजीले सञ्चारमाध्यममा जुन पत्र प्रेषित गर्नुभएको छ, मैले त्यो पढें । बास्तवमा केपी शर्मा ओली प्रधानमन्त्री हुनुभन्दा अगाडि बैंककमा विदेशी गुप्तचरलाई भेट्नेदेखि लिएर अहिले यो कृषि क्षेत्रमा बाहृय प्रभुत्व कायम गराउनेसम्मका घट्नाक्रम हेर्नुभयो भने देश र जनताविरुद्ध अपराध उहाँले गर्नुभएको छ । विदेशीसँग साँठगाँठ गरेर नेपालको देशभक्तिपूर्ण आवाजलाई दमन गर्ने यो कुकृत्यमा उहाँ लागिरहनुभएको छ । हामीलाई निलम्बन गरेको भनेको त्यो त्यस्तै अंग हो ।”



प्रतिक्रिया दिनुहोस्