Logo

ग्लोबल आइएमई बैंकको दरबोट बजारमा नयाँ शाखा विस्तार



काठमाडौं, १७ चैत्र। ग्लोबल आइएमई बैंकले रोल्पाको दरबोट बजारमा नयाँ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्ने विश्वास गरेको छ । बैंकको शाखा कार्यालयको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले उद्घाटन गरेका हुन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी, महसुल भुक्तानीलगायत सेवा लिन सकिने बैंकले जनाएको छ ।

हाल बैंकले २७३ शाखा, २४२ एटीएम, २५७ शाखारहित बैंकिङ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्