काठमाडौं, १७ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फागुन २३ गतेको नेकपा एकता बदर गर्ने फैसलाविरुद्ध आज पूनरावलोकन निवेदन दर्ता गराएका छन् । उनले अदालतको उक्त फैसला अप्राकृतिक भएको प्रतिक्रिया दिएका छन् ।
अदालत परिसरमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले उक्त फैसला सच्चिनेमा आफू विश्वस्त रहेको पनि प्रतिक्रिया दिए ।
दाहालले सर्वोच्चले माग्दै नमागेको विषयमा आदेश दिएको टिप्पणी गरे । उनले भनेका छन्,पार्टीहरूको आन्तरिक एकता सर्वोच्चले भत्काउन मिल्दैन। यसअघि पनि यस्ता फैसला पुनरावलोकन भएका छन्, मलाई आशा छ, यो फैसला पनि सच्चिने छ।’ File Photo/ReportersNepal