Logo

यो देशको राजनीति बर्माको नियतीमा नपुगोस भन्ने मेरो कामना छ : रामचन्द्र पौडेल



काठमाडौं, १७ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले म्यान्मारमा भएको क्रुरताको विरुद्धमा एक शब्द पनि नबोलेको भन्दै सरकारको आलोचना गरेका छन् । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले क्लबले जनताको आवाजालाई मुखरित गरेको भन्दै बधाई दिए ।

नेता पौडेलले क्लबले लोकतान्त्रिक आन्दोलनलाई जिवित राख्नको लागि धेरै मद्यत गरेको पनि सुनाए । उनले आफूहरुले ७० वर्षसम्म लडेर ल्याएको लोकतान्त्रिक प्रणाली, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी गणतन्त्र आज एकपटक अदालतबा बचेको सुनाए । तर, अहिलेपनि विकृति देखा परेको उनको चिन्ता छ । उनले अहिले नैतिक पतनको बाटोमा देशलाई अघि बढाईएको भन्दै सरकारको भूमिकाको आलोचना गरे । ईमानदार प्रयत्न गरेकोले आजसम्म आईपुग्दा पत्रकार ऋषि धमलाले विशिष्ट स्थान प्राप्त गरेको भन्दै बधाई दिए । उनले सम्बोधनको क्रममा देशको राजनीति बर्माको नियतीमा नपुगोस भन्ने कामना पनि गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्