Logo

उपलब्धिलाई उल्टाउन प्रतिक्रियावादीहरु शक्तिहरु सक्रिय भए : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १७ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशमा परिवर्तनका उपलब्धिहरु उल्टाउनको लागि प्रतिक्रियावादी शक्तिहरु सक्रिय भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) २० औं जेल ब्रेक दिवसको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

https://www.facebook.com/prachanda.nepal/videos/305250787834054

उनले प्रधानमन्त्री केपी ओली प्रतिक्रियावादी शक्तिबाटै प्रयोग भइरहेको पनि गम्भीर आरोप लगाए । सम्बोधनको क्रममा उनले भनेका छन् ‘संघीयता, समावेशीता र गणतन्त्रविरोधी त्यो शक्तिले केपी ओलीलाई प्रतिनिधिका रुपमा प्रयोग गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot