काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो पार्टीका नेता घनश्याम भुषालले चुनाव जितेको बेला विभाजनमा जुटेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत थापाले यस्तो बताएका हुन् ।
थापाले लेखेको छन्–”घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयाे – १.२०५१ पछि उपनिर्वाचन जित्नुभयाे र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमाेहन अधिकारीले निश्कासन गर्नुप-याे । २.०७४ मा जित्नुभयाे र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयाे। चुनाव जित्याे कि फुटमा सक्रिय, संयाेग कि नियति ?”