Logo

विकास र समझदारीको कसीमा भारत–बंगलादेश सम्बन्ध



विपिन देव: दक्षिण एसियामा भारत र बंगलादेशको प्रगाढता र सामिप्यता दिन प्रतिदिन बढ्नुका धेरै आयामहरू छन् । बंगलादेश अहिले पनि राष्ट्रिय उत्सव मनाइरहेको छ । आफ्ना राष्ट्रपिता शेख मुजिबुर रहमानको १०० औं पुण्यतिथि र देशको पचास वर्षको यात्रालाई जोडेर उत्साह र उल्लासको वातावरणमा बंगलादेशीहरु राष्ट्रिय पर्व मनाइरहेका छन् । कार्यक्रमको प्रमुख आतिथ्य गर्ने अवसर भारतका प्रधानमन्त्रीले प्राप्त गरेका छन् ।

भारत र बंगलादेशको सम्बन्ध खास गरेर अमेरिका र मेक्सिको जस्तो नै विकसित भैरहेको छ । अमेरिका र मेक्सिकोले बोर्डर लगायत अनेकौं आन्तरिक समस्याहरुलाई समाधान गर्न विकासको यात्री भएका छन् । अमेरिकी लगानी र सहयोगका कारण मेक्सिको आफ्नो आर्थिक विकासमा कायापलट गरेको छ । आज भारत र बंगलादेशको सम्बन्ध पनि यहि गोरेटो तर्फ लम्किरहेको छ । खास अर्थमा भन्ने हो भने बंगलादेशको जन्ममा भारतको अहम भूमिका र योगदान रहेको छ । पाकिस्तान भारतबाट विभाजन हुँदा धार्मिक कारण थियो । जिन्हा यसको प्रस्तावक थियो । त्यही समयमा भारतका मुर्धन्य नेता मौलाना अब्दुल आजादले भविष्यवाणी गर्दै के भनेका थिए भने धर्मको आधारमा देश विभाजन गर्नु ठुलो अपराध हो । धर्म भन्दा पनि भाषा र संस्कृतिको भूमिका राष्ट्रिय निर्माणमा अहम हुन्छ । आखिर मोहम्मद जिन्ना को उर्दुको प्रस्तावनालाई बंगलाभाषीहरुले स्वीकार गरेनन् । बंगला भाषीहरुमाथि भएको सैनिक दमन र नरहत्या शायद हिटलर बाहेक अरु कसैले गरेका थिएन । भारतले हस्तक्षेप गर्दै सन् १९७१ ताका सैनिक कार्यवाही गर्दै पाकिस्तानका ९२००० फौजलाई युद्धबन्दी बनाएर एउटा नयाँ राष्ट्रको बंगलादेशको घाइ आमा बन्न सफल भए । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र बंगलादेशी नेता शेख मुजिबुर रहमानको साझा रणनीतिमा अमेरिका र चीनले पाकिस्तानको विभाजन र बंगलादेशको जन्मलाई रोक्न सकेनन् । भारत र बंगलादेशको राष्ट्रिय गीत रचयिता रवीन्द्रनाथ टेगोर नै हुन् ।

शेख रहमानको नेतृत्वमा बंगलादेश बढिरहेका बेला सारा संसार चकित थिए । तर बंगलादेशको कट्टरपन्थी र सैनिकहरुलाई त्यो पाच्य थिएन सन् १९७५ अगस्त १५ का दिन बंगलादेशमा ठुलो नरसंहार भयो । शेख मुजिबुर रहमानका १० जना परिवारका सदस्यहरुको हत्या गरियो जसमा १० वर्षको रहमानको छोरा पनि थियो । वर्तमान बंगलादेशी प्रधानमन्त्री शेख हसिना शेख मुजिबुर रहमानका छोरी हुन् । सौभाग्यवश हसिना देश बाहिर भएकाले गर्दा उनी ज्यान जोगाउन सफल भईन । तत्पश्चात शेख हसिना आफ्नो जीवनको महत्वपूर्ण समय इन्दिरा गान्धीको संरक्षणमा नै भारतमा बिताइन । इतिहासले भारतलाई गजबको अवसर दिएको छ । प्रजातन्त्र र मानव अधिकारको लडाईमा अगाडी बढिरहेका म्यान्मारकी सुकी, नेपालका बी.पी. कोइराला र बंगलादेशको शेख हसिना जीवनको महत्वपूर्ण समयमा भारतमा बिताएर आफ्नो रणनीति र राजनीतिलाई पनि संचालित गरेका थिए ।

सन् १९७५ अगस्त १५ का दिन भारतीय स्वतन्त्रताको दिवसको अवसरमा नै मुजिबुर रहमानको हत्या गरेर कट्टरपन्थीले भारतलाई सन्देश दिएका थिए कि बंगलादेशमा प्रजातन्त्र र मानव अधिकारको लागि कुनै ठाउँ छैन । तर बंगलादेशले शेख हसिनाको नेतृत्वमा कट्टरपन्थीको षड्यन्त्रलाई निश्तेज परिसकेकी छन् । वर्तमान परिवेशमा बंगलादेश प्रजातन्त्रको पथमा रहेको देखिन्छ । अब भारत र बंगलादेशको कुटनीति र सामरिक सम्बन्धमाथि चर्चा गरौं ।

वर्तमान अवस्थामा मोदीको यो बंगलादेशको यात्रा नोभेम्बर २०१९ को ब्राजिल भ्रमण पछी भएको यो पहिलो विदेश यात्रा हो । आफ्नो विमानमा नै १.२ मिलियन कोरना खोंप मोदीले बंगलादेश लगेर बंगलादेश प्रति आफ्नो सद्भाव र गहिरो माया प्रगट गरेका छन् ।

१६ जनवरीमा खोप भारतमा शुरु भएको अवस्थामा बंगलादेशलाई २१ जनवरीमा नै २ मिलियन खोप प्रदान गरेर मोदीले बंगलादेश प्रतिको भावनालाई अभिव्यक्ति गरिसकेका थिए ।

भारत र बंगलादेश बीच ४ हजार ९६ किलोमिटरको सीमाना रहेको छ । जब कि चीन सँग ३ हजार ४८८ किलोमिटर सीमा मात्र रहेको देखिन्छ । अर्थात,त्रपुरा, मिजोरम र वेष्ट बङ्गाल सँग बंगलादेश जोडिएको छ । सन् १९९४ मा मुजिबुर रहमान र इन्दिरा गान्धी बीच सीमा विवाद सम्बन्ध समस्यालाई समाधान गर्न सम्झौता भएता पनि सन् २०१५ मा मात्र मोदीको आगमन भएपछी यो सीमा सम्बन्धीको विवाद भारत र बंगलादेश बीच समाधान भएको छ ।

भारत र बंगलादेश बीच ५४ वटा साझा नदीहरु छन् । सन् १९५० मा गङ्गा नदीको पानीफाट–वाट भारत र बंगलादेश बीच सफलता पुर्वक भएता पनि दुइवटै सरकारहरुले टिष्टा नदीको पानीको फाट–वाट को लागि प्रयत्नशील छन् । भारत र बंगलादेशको बीच ३६० डिग्रीको सम्बन्ध रहेको कुरा भारतका विदेशमन्त्री एस जयशंकरले बताएका छन् । अर्थात् भारत र बंगलादेशले हरेक क्षेत्रमा साझा साझेदारीका अनुसार अगाडी बढेको देखिन्छ । भारत र बंगलादेशको बीच १० बिलियन अमेरिकी डलरको व्यापार भएको देखिन्छ । खास गरेर “कनेक्टिभिटी” को क्षेत्रमा बंगलादेशको भूगोल बडो उपयोगी देखिन्छ ।

भारतले आफ्नो उत्तर पूर्वीय राज्यहरुमा आयात र निर्यात बंगलादेशको सामुद्रिक बाटो बाट गरेको खण्डमा लागत खर्च अपेक्षाकृत कम हुने भएकोले गर्दा बंगलादेशको बन्दरगाह र सडक संजाल बढाउन भारतले धेरै गुरुयोजनाहरु संचालित गरिरहेको छ ।
भारतले बंगलादेश सडक र सामुन्द्रिक मार्ग जोडेर म्यान्मार हुँदै पूर्वीय एसिया सँग जोड्न कालादान योजना लगायत विभिन्न परियोजनाको हिस्सा बंगलादेशलाई बनाएको देखिन्छ ।
यस अर्थमा भारत र बंगलादेश बिम्स्टेकका सहयात्रीहरु पनि हुन् । भारतलाई खास गरेर बंगलादेशमा चीनको सक्रियताले गम्भीर बनाएको देखिन्छ अवधारणा अनुसार अगाडी बढेको देखिन्छ । सामरिक नीति अनुसार चीनको पहुँचलाई कमजोर बनाउन भारत र जापान बंगलादेशमा सँगै योजना र परियोजनाहरु बनाउन गृहकार्य शुरु गरेको देखिन्छ ।

बंगलादेशको पूर्वाधार विकास भारतको प्रमुख चासोको विषय भएकोले गर्दा हल्दीबारी चिटा गृह जस्ता विभिन्न ठाउँमा रेल्वे संयन्त्र बनाउन भारतले विभिन्न योजनाहरु परिचालित गरेका छन् अवधारणा अनुसार अगाडी बढेको देखिन्छ ।

भर्खरै मार्च २६ देखि मार्च २८ सम्म मोदीको बंगलादेश भ्रमणले सांस्कृतिक र धार्मिक क्षेत्रलाई पनि प्रभावित गरेको देखिन्छ । बंगलादेशमा विभिन्न मन्दिरहरुको पुनर्निर्माणको लागि मोदीले अभिरुची लिएको देखिन्छ भने बंगलादेशले त्यसलाई हिन्दु तीर्थयात्रीहरुको लागि वा धार्मिक पर्यटन बढाउनको लागि आफ्नो नीति लिएको देखिन्छ ।

वास्तवमा दौत्य सम्बन्धको आधारस्तम्भ नै आर्थिक कारोबार हो । अर्थात् बंगलादेश र भारत सम्बन्ध दक्षिण एसियाका अन्य मुलुकहरुको लागि पनि अनुकरणीय हुन सक्दछ ।



प्रतिक्रिया दिनुहोस्