काठमाडौं, १८ चैत्र । स्टयान्डर्ड चार्टर्ड बैंकलाई ‘एक्सिलेन्स इन लर्निंग एन्ड डेभलपमेन्ट’ अवार्ड प्राप्त भएको छ । बैंकलाई मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले उक्त अवार्ड प्रदान गरेको हो ।
बैंकको अनुसार कम्पनीको एचआर मिटअन्तर्गत पहिलो पटक समावेश गरिएको अवार्ड स्टयान्डर्ड चार्टर्ड बैंकले प्राप्त गरेको हो । बैंकमा रहेका मानव संसाधनको विकास तथा सिकाई प्रवद्र्धन गरेको कारण बैंकलाई उक्त पुरस्कार दिइएको आयोजकले जनाएको छ ।
आयोजकले अवार्ड छनौटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल छनौट समितिले बैंकलाई अवार्ड दिने निर्णय गरेको बैंकले जनाएको छ ।