Logo

सरकारले चैत्र २३ गतेभित्रै विश्वासको मत लिनुपर्छ : देव गुरुङ (भिडिओसहित)



काठमाडौं, १८ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यही चैत्र २३ गतेभित्रै विश्वासको मत लिनुपर्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गुरुङले यस्तो बताएका हुन् ।

उनले भने,‘सरकारको संवैधानिक हैसियतबारे प्रश्न उठेको छ, दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने अवस्था छ । संवैधानिक बेन्चले सरकारको अवस्थाबारे संविधानको धारा ७५ ९१० को सरकार भएको भनेको थियो । पछिल्लो फैसलाले ७६ ९२० आकर्षित गरेको छ । पछिल्लो फैसलाले दल विभाजन गरेको छ।’

उनले यही चैत्र २३ गतेभित्र विश्वासको मत नलिए सरकारको हैसियत के हुन्छ भन्ने प्रश्न उठ्ने बताए । त्यस्तै, उनले प्रतिनिधिसभा विघटन गरेपछि सरकार स्वतः काम चलाउ हुने तर्क गरे । प्रतिनिधि सभाको अर्को बैठक २०७७ चैत २३ गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot