Logo

प्रहरी कर्मचारीलाई हातपात गर्ने पक्राउ



काठमाडौं, १८ चैत्र । प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा मंगलबार राति ३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर लगनखेल बस्ने काभ्रे पाँचखाल नगरपालिका–९ घर भएका ३० वर्षीय रिकेश पहरी लगायत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै झगडा गरिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट डिउटीमा खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी कर्मचारीलाई एक्कासी हातपात गरेपश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot