काठमाडौं, १८ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एक युवक पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं डल्लु बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–८ घर भएका २३ वर्षीय ओम पहरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–१५ हलचोकस्थित मेहरगेष्ट हाउसमा ओमले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।