काठमाडौं, १८ चैत्र । महानगरिय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा निर्मित करिडोर व्यवस्थापनका लागि ३४ जना ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ । मुख्य सडकमा ट्राफिक चाप बढेपछि सहज यातायात सञ्चालनका लागि बनाइएको करिडोरमा पनि अव्यबस्थित पार्किङका कारण जाम हुन थालेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराइले करिडोरको व्यवस्थापन गर्नका लागि १७ वटा मोटरसाइकलमा ३४ जना ट्राफिक प्रहरी परिचालन गर्न लागिएको जानकारी दिए ।
करिडोर ब्यवस्थापन टोलिले मोटरसाइकलमा करिडोरको निगरानी गन सो क्षेत्रमा अव्यवस्थित पार्किङ गरी अवरोध गर्नेलाई कारवाहिको दायरामा ल्याइने महाशाखाका प्रबक्ता श्यामकृष्ण अधिकारीले बताए । यसैबीच आफ्नो काममा निस्वार्थ लागेका प्रहरीलाई ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भटटराइले नगद तथा प्रशंसा पत्रले सम्म्मान गरेका थिए ।
तस्विर: मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम