Logo

हानिकारक हुनसक्छ बालबालिकाको मेकअप



काठमाडौं, चैत १९ । छोराछोरीहरू शृङ्गार (मेकअप) गरी टिकटक बनाउने बानी त परेको छैन? त्यसो भए त्यो बानी हटाउनु राम्रो हुनेछ । अभिभावकले बालबालिकालाई शृङ्गार गरी दैनिक जसो टिकटक तयार पार्ने गरेका छन् । जसका कारण उनीहरूको छालासम्बन्धी विभिन्न रोग आउने तथा आत्मविश्वास हराउने विशेषज्ञहरूको चेतावनी छ ।

छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा धर्मेन्द्र कर्णका अनुसार छाला, कपाल र नङका लागि प्रयोग गरिने सौन्दर्य सामग्री हुन्छन् । सबैभन्दा हानिकारक नङ र रौँका लागि प्रयोग गरिने सौन्दर्य सामग्री हुन् । ‘नङ र रौँमा प्रयोग गरिने सौन्दर्य सामग्रीमा छालालाई हानि गर्ने रासायनिक तत्वहरू मिसाइएको हुन्छ । डा कर्णले भने, ‘‘जसका कारण नेल पलिस र हेयर कलर लगाउँदा धेरैलाई एलर्जी हुन्छ ।

झन् यस्ता सौन्दर्य सामग्री बालबालिकाको हकमा त झनै हानिकारक हुन्छ ।’’ ओठमा लगाउने लिपिस्टिकमा पनि कडा केमिकल प्रयोग गरिने भएकाले यसको प्रयोगबाट बच्चालाई टाढा राख्नुपर्ने उनको भनाई छ ।

जनस्वास्थ्य तथा पोषणविद् डा अरुणा उप्रेतीको अर्थमा यो अभिभावकको महामूर्खता हो । बालबालिकालाई मात्र नभएर ‘कस्मेटिक्स’ कसैका लागि पनि लाभदायक नभएको उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot