Logo

धोबीखोला किनारको दुई रोपनी जग्गा कब्जा गर्न फेरि चलखेल



काठमाडौं, चैत १९ । काठमाडौं बुद्धनगरस्थित धोबीखोला नदी उकासको दुई रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल थालिएको छ। करिब दुई दशकदेखि विवादमा रहेको यो जग्गा सरकारी भएको फैसला सर्वोच्च अदालतले गरे पनि व्यक्तिमा नाममा ल्याउन अहिले फेरि चलखेल सुरु भएको हो।

काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित सिट नम्बर ११४५–२५ कित्ता नम्बर २९ को २ रोपनी ३ आना १ दाम सरकारी जग्गा आफ्नो नाममा ल्याउन पूर्णबहादुर तण्डुकार, दुर्गाबहादुर तण्डुकारलगायतको समूह चलखेलमा लागेको हो। अहिलेको बजार मूल्यअनुसार यो जग्गालाई ३५ करोड रुपैयाँभन्दा बढी पर्छ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ ९क० बाट प्रदेशसभामा निर्वाचित दीपेन्द्र श्रेष्ठले उक्त जग्गामा सार्वजनिक पार्क बनाउन बजेटसमेत विनियोजन गरेका छन्। पार्क बनाउने प्रक्रिया अघि बढाएलगत्तै उक्त समूहले जग्गा आफूहरूको भएको दाबी गर्दै विभिन्न राजनीतिक शक्ति केन्द्र परिचालन गरी चलखेल सुरु गरेको हो।

प्रदेशभा सदस्य श्रेष्ठले प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत उक्त जग्गामा पार्क बनाउने प्रक्रिया अघि बढाएपछि कार्यक्रम रद्द गराउन उक्त समूह महानगरपालिकादेखि अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिसम्म पुगेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot