Logo

कर्णाली र सुदूरपश्चिममा पनि जनादेशअनुरूप निश्कर्षमा पुग्नु अनिवार्य छ : सूर्य थापा



काठमाडौं, १९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रदेश नम्बर १ र बाग्मती प्रदेशका मुख्यमन्त्रीहरुविरुद्ध ल्याएका अविश्वासको प्रस्ताव फिर्ता हुनु सकारात्मक संकेत भएको टिप्पणी गरेका छन् । उनले हिजोको दिनमा जुनसुकै कारणले अराजकता देखिएपनि आज अनुशासन, एकता, स्थिरता र बलियो सरकार पक्षका यी कदम सही भएको पनि प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले यस्तो बताएका हुन् । उनले अब कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारमा पनि जनादेशअनुरूप निश्कर्षमा पुग्नु अनिवार्य भएको बताएका हुन् । उनले लेखेका छन्-“प्रदेश नं १ र वागमतीका मुख्यमन्त्री विरूद्द ल्याएका अविश्वास प्रस्ताव फिर्ता हुनु सकारात्मक संकेत हाे । हिजाे जुनसुकै कारणले अराजकता देखिए पनि आज अनुशासन, एकता, स्थिरता र बलियाे सरकार पक्षका यी कदम सही छन्। कर्णाली र सुदूरपश्चिममा पनि जनादेशअनुरूप निष्कर्षमा पुग्नु अनिवार्य छ ।”



प्रतिक्रिया दिनुहोस्