Logo

नेप्सेद्वारा दुई कम्पनीको शेयरमुल्य समायोजन



काठमाडौं, १९ चैत्र । आज दुई कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयरमुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी नेपाल लघुवित्त वित्तीय सस्था लिमिटेडको बोनस शेयरमा समायोजन गरेको हो ।

नेप्सेले सारथी नेपाल लघुवित्त संस्थाको बुधबार भएको अन्तिम कारोबार मुल्य १७ सय २६ रुपैयाँको आधारमा प्रतिकित्ता १५ सय ९६ रुपैयाँ कायम हुने गरी समायोजन गरेको छ । त्यस्तै, नेप्सेको अनुसार सुर्योदय लघुवित्त संस्थाको बुधबार अन्तिम मुल्य २२ सय ६१ रुपैयाँकोे आधारमा प्रतिकित्ता १९ सय ६० रुपैयाँ कायम हुनेगरी मुल्य समायोजन गरको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्