काठमाडौं, १९ चैत्र । राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष नृपेन्द्र महतले आफूहरुले नेतृत्व गरेको संघ नै आधिकारिक भएको बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले युवा संघ नेपाललाई नेकपा (एमाले) ले नचिन्ने टिप्पणी गरे । उनले आफूहरु जबजको मार्गदर्शक सिद्धान्तअनुसार नै अघि बढेको सुनाए । उनले मूल पार्टी एमालेले चिन्ने भनेको राष्ट्रिय युवा संघ नेपाल नै भएको दाबी गरे ।