Logo

जसपाले ओलीतन्त्रको घाँस खान्नः डा. बाबुराम भट्टराई



काठमाडौं, १९ चैत्र । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलका केही नेताहरुलाई सत्ताको घाँस देखाइरहेको टिप्पणी गरेका छन् । उनले आज ट्वीट गर्दै जसपाले ओलीको घाँस नखाने समेत बताएका छन् ।

रेशम चौधरीलगायत जसपा नेता कार्यकर्ताको रिहाईलाई ओलीको सरकारसँग जाने कुरासँग जोडिननहुने उनको तर्क थियो । पछिल्लो समय जसपाका केही नेताहरुले रेशम चौधरीलगायतको रिहाईलाई सत्ता समिकरणको सौदावाजीसँग जोडिरहेको विषय बाहिर आइरहँदा डा.भट्टराईको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले लेखेका छन्ः रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्!के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो!के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए?जसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया!

फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot