Logo

४६ वर्षीया महिला बलात्कृत



हुम्ला, १९ चैत्र । ४६ वर्षीया जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान एकजनालाई प्रहरीले पक्राउ गरेको हो । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताजाकोट गाउँपालिका–३ बस्ने २७ वर्षीय पदम शाही पक्राउ परेका हुन् ।

शाहीले चैत १३ गते दिउँसो स्थानीय खेतमा ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय हुम्ला र प्रहरी चौकी छप्रेला ताजाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्