Logo

प्रचण्डलाई सूर्य थापाको सल्लाह : सम्हालिनुहोस र राजनीति गर्नुहोस



काठमाडौं, १९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई सम्हालिएर राजनीति गर्न सुझाव दिएका छन् । सर्वोच्च अदालतले प्रचण्डले हालेको पूनरावलोकन निवेदनमा पूनरावलोकन अस्विकार गरेपछि थापाको यस्तो प्रतिक्रिया आएको हो ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत पूनरावलोकनको रोइलो अब सकिएको पनि टिप्पणी गरेका छन् । उनले लेखेका छन्,–”सर्वाेच्च अदालतकाे फैसला । लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरावलोकनको राेइलाे अब सकिएकाे छ ! निवेदक महाेदयप्रति सहानुभूतिचाहिं छ- सम्हालिनुहाेस र राजनीति गर्नुहाेस ! राजनीतिज्ञ झगडिया हुन खाेज्दा यस्तै हुँदाेरहेछ ! आफैले भाँड्न चाहेकाे एकता कति प्याराे ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot