काठमाडौं, २० चैत्र । रुरु जलविद्युत आयोजनाले आयोजना प्रभावित स्थानियको लागि आजदेखि आईपीओ बिक्रि खुल्ला गरेको छ । कम्पनीले प्रतिशेयर १२० रुपैयाँ अंकित मुल्यका शेयर निष्कासन गरेको हो ।
गुल्मी चन्द्रकोट गाउँपालिकाका वडा नं ६ र ७ का स्थानियहरुको लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्रि गरेको कम्पनीले आज ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गरेको जनाएको छ ।
कुल कित्ता मध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारी, २० हजार ३८५ कित्ता सामुहिक लगानीकोषको लागि छुट्टाइएको छ । बाँकी रहेका ३ लाख ७९ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । शेयर खरिदको लागि न्युनतम १० कित्ता देखि अधिकतम सम्पुर्ण कित्तासम्म मागको लागि आवेदन दिन सकिने कम्पनीले व्यवस्था गरिएको छ । शेयरमा चैत्र २६ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।