काठमाडौं, २० चैत्र । नेपाल बैंकले कर्णालीमा पहिलो पटक सुर्खेतमा फोनपेको क्यूआर कोड सेवा संचालन गरेको छ । वीरेन्द्रनगर शाखाको आयोजनामा डिजिटल सुर्खेत महाअभियान अन्तर्गत कर्णाली प्रदेशमा रहेका बैंकहरुमध्ये सर्वप्रथम नेपाल बैंकले उक्त सेवा शुरु गरेको जनाएको हो ।
क्युआर कोडको उद्घाटन नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनीले गरेका हुन् । उनले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरि क्यूआर कोड प्रविधिमार्फत रकम भुक्तानी गरेका थिए ।