Logo

मन्त्रिपरिषद्को बैठकः विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईँ र चुरे संरक्षण समितिमा डा.किरण पौडेल नियुक्त



काठमाडौं, २० चैत्र । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईँ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । हुमागाईँ सञ्चार क्षेत्रमा लामो समययता सक्रिय छन् ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेल नियुक्त भएका छन् । उनी वनविज्ञ हुन् । समितिका सदस्यहरुमा बालकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुण नियुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्