काठमाडौं, २० चैत्र । नेपाली बजारमा सुनको मुल्य आज ९ सयले बढेको छ । बिहीबार सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९ सय रुपैयाँले बढेको हो ।
शुक्रबार सुन तोेलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
यसैगरी, चाँदीको मुल्य पनि बढेको छ । आज ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।