काठमाडौं, २० चैत्र । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको आज (चैत्र २० गते) साधारण सभा हुँदैछ । लघुवित्तको सभाले २० प्रतिशत लाभांश प्रस्ताव गर्ने जनाइएको छ ।
सभा प्रयोजनार्थ कम्पनीले चैत्र १० गते एक दिन बुक क्लोज गर्ने भएकोले चैत्र ९ सम्म कायम भएका शेयरधनीले मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउने भएका छन् । कम्पनीको अनुसार ०७६÷७७ आवको नाफाबाट जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।