Logo

ओली र माधव नेपाल पक्षधर नेताहरुबीच कार्यक्रममै चर्काचर्की (भिडिओसहित)



काठमाडौं, २० चैत्र । नेकपा (एमाले) का माधव नेपाल समूहका नेता तथा सांसद जीवनराम श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुमाथि गरेको कारबाही विधानविपरित र अवैधानिक रहेको टिप्पणी गरेका छन् । र, आफूहरुले पार्टीलाइृ एकताबद्ध बनाउनको लागि संघर्ष गरिरहने पनि उनले सुनाए ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले पार्टीलाई एकताबद्ध बनाउनका लागि पार्टी एकताभन्दा अघिको समयमा फर्किनुपर्ने अडान राखेको सुनाए ।

उता, अध्यक्ष ओली पक्षधर नेता देवराज घिमिरेले माधव नेपाल पक्षधरले जहिल्यैपनि निहुँ खोज्ने तर्क गरिरहेको दाबी गरे । उनले नेपाल पक्षले आफूलाई मन पर्दा बैठक ठिक र मन नपर्दा त बेठिक भन्ने गरेको पनि गुनासो पोखे । उनले गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठक बसेको सुनाए । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्