Logo

बैंक अफ काठमाण्डूले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी सेवा



काठमाडौं, २० चैत्र । बैंक अफ काठमाण्डूले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि बीओके इकम युएसडी प्रिपेड कार्ड सेवा संचालन गरेको छ । यस आफ्ना ग्राहकलाई सुविधाअन्तर्गत बैंकका खातावाल ग्राहकले प्रति वर्षमा पाँच सय अमोरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने बैकले जनाएको छ ।

बैंकको अनुसार यो सेवा भारतबाहेक अन्य देशहरुको ई–कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरी पाँच सय अमेरिकी डलरसम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्ने भन्दै बैकले इच्छुक ग्राहकले नजिकको शाखामा आफ्नो प्यान कार्डसहित निवेदन दिएर यो सुविधा उपभोग गर्न सक्ने छन् ।

 



प्रतिक्रिया दिनुहोस्