Logo

हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त पक्राउ



बर्दिया, २० चैत्र । हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त सुर्खेत बराहताल गाउँपालिका–२ सिस्नेरी बस्ने ३६ वर्षीय रविलाल मन्दिरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

बर्दिया राष्ट्रिय निकुञ्जको गस्ती टोलीले गत माघ १६ गते ३ थान भरुवा बन्दुक, सोको १७ थान गोली र २ सय ग्राम बारुद सहित गणेश बहादुर तिवारी र चक्र बहादुर विष्टलाई तत्काल नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न रहि फरार भएका रविलाललाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि आजै जिल्ला अदालत बर्दिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot