Logo

नेपाल पक्षधर स्थायी सदस्यहरुको बैठक सम्पन्न, भुसाल र पाण्डेमाथि गरिएको कारबाही स्वेच्छाचारी कदम



काठमाडौं, २० चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक सम्पन्न भएको छ । शुक्रबार कलंकीस्थित् मेगा पार्टी प्यालेसमा बसेको बैठकले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको निन्दा गरेको नेता योगेश कुमार भट्टराईले जानकारी दिए ।

उनले भने,‘आज बसेको बैठकले हाम्रो पार्टीका नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि भएको कारबाहीलााई स्वेच्छाचारी कदम भनेको छ, यो विधानविपरित र पूर्वाग्राही छ । यसले अध्यक्ष केपी ओली एमालेलाई विभाजन गर्न उद्धत छन् भन्ने देखाउँछ । हामीले उक्त कदमको निन्दा र भत्र्सना गरेका छौं । बैठक भोलि पनि बस्नेछ ।’

त्यस्तै चैत्र ४ र ५ गते ललितपुरमा भएको राष्ट्रिय कार्यकर्ता भेलाले निकालेको समूहगत निश्कर्षलाई अब एकीकृत रुपमा बाहिर ल्याउने तयारी भैरहेको पनि उनले जनाए । उनले भने,‘ती सबै समूहगत विचारलाई हामीले अन्तिम रुप दिनेछौं । अब देशव्यापी रुपमा संगठन विस्तार र सुदृढीकरण गर्नेपनि निश्कर्ष निकालेका छौं । यसको लागि राष्ट्रव्यापी कार्यक्रमको ढाँचा बनाउँछौं । खासगरी संगठन निर्माण, प्रशिक्षण र अभियान चलाउँछौं । अध्यक्ष ओलीबाट गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन भएको छैन् । पार्टी एकताको पक्षमा उभिन र एकता रक्षा गर्न सबैलाई आव्हानसमेत गरिएको छ ।’ File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्