Logo

अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने



काठमााडैं, २० चैत्र । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । हाल कायम कित्ता शेयर बराबरको ०.५ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार १०० रुपैयाँ अंकित दरका ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको हो । चैत्र ८ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रद शेयरको बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्