काठमाडौं, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझै सुरु भएको छैन् । दिउँसो २ बजेको लागि बोलाईएको बैठक ढिलाई हुनुमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आ–आफ्नो समूहको छलफलमा छन् । नेताहरूको आन्तरिक छलफल नटुङ्गिएपछि बैठक सुरु हुन नसकेको हो ।
१४औं महाधिवेशनको कार्यतालिका हेरफर र नयाँ सरकारका लागि सत्ता समीरकण विषय आजको बैठकको मुख्य एजेण्डा छन् । नेता पौडेल पक्षले आजको बैठकमा सरकारको नेतृत्व लिनेगरि पार्टीले निर्णय गर्नुपर्ने पनि प्रस्ताव गरेको छ । यदि सभापति देउवा प्रधानमन्त्री बन्न तयार नहुने हो भने पार्टीभित्रैबाट अर्को उम्मेद्धवार बनाउनुपर्ने पनि उनको प्रस्ताव छ । File Photo/ReportersNepal