एजेन्सी, २० चैत्र । युवकहरु निशस्त्र छन् । उनीहरु सैनिकको घेराबन्दीमा देखिन्छन् । ३४ जना ती युवकलाई अगाडि बढ्न लगाइन्छ । त्यसपछि सैनिकले टाउकोमा ताकी ताकी गोली हान्छन् । लासहरु यत्रतत्र छरिएका हुन्छन् । सैनिकहरुले तिनलाई पनि पहाडबाट भीरमा खसाल्न थान्छन् । लात्ताले हान्दै लास खसालेको दृश्य देखिन्छ ।
हत्यापछि सैनिकले विजयोत्सव मनाउँछन् । एक अर्काको प्रशंशा गर्छन् ।
यो घटना इथियोपियाको टिग्रे क्षेत्रको हो जहाँ पाँच महिना लामो गृहयुद्ध हुँदा सैनिकले गैरन्यायिक हत्या गरेको खुलेको छ । उक्त हत्याको भिडियो अहिले भाइरल भएको छ । एमनेस्टी इन्टरनेशनलले यसमा चासो देखाएको छ ।
मार्चको पहिलो हप्तामै टिग्राई मिडिया हाउसले उक्त भिडियो सार्वजनिक गरेको थियो । अमेरिकामा केन्द्र रहेको उक्त मिडिया हाउसले सामाजिक सञ्जालमा भिडियो राखेको थियो । उक्त भिडियो इथियोपियाली सैनिकले नै मोबाइलबाट खिचेका थिए । जुन पछि टिग्राई मिडिया हाउससम्म पुगेको थियो । भिडियो फुटेज खिच्ने ती सैनिक देशबाहिर सुरक्षित रुपमा पुगेपछि मात्र सार्वजनिक गरिएको थियो ।
घटना टिग्री क्षेत्रको पहाटको सम्म टाकुरामा भएको पुष्टि भएको छ । उक्त क्षेत्र नानिबेरे डेगोबाट तीन माइल दक्षिणतर्फ रहेको उल्लेख छ ।
टिग्री क्षेत्रमा सामूहिक हत्या, बलात्कार र दुव्यर्वहारका घटनाको तथ्यांक आइरहेको छ ।