Logo

देउवाले के हिसाबले प्रचण्डमाथि विश्वास गर्ने ? : डा. अमरेश कुमार सिंह (भिडिओसहित)



काठमाडौं, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. अमरेश कुमार सिंहले आफ्नो पार्टीसँग सरकारको नेतृत्व गर्न संख्या नपुग्ने टिप्पणी गरेका छन् । उनले आफ्नो सभापति शेरबहादुर देउवाले के हिसाबले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमाथि विश्वास गर्ने ? भन्ने प्रश्न गरेका छन् ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेस ईतिहास नै कहिल्यैपनि कसैलाई धोका नदिएको तर माओवादी केन्द्रको ईतिहास त पाईला पाईलामा धोका दिने भएकोले अहिले नै विश्वास गर्न नसकिने उनको टिप्पणी छ । उनले अबको विकल्प र निकास भनेको नै चुनाव भएको तर्क गरे । उनले एमालेपनि व्यवहारिक रुपमा फुटिसकेको टिप्पणी गरे ।

जनता समाजवादी पार्टी, नेपालको पार्टी एकीकरण अप्राकृतिक भएको पनि उनले ठोकुवा गरे । उनले भने,”जसपाको दुई थरीका अध्यक्ष छन्, एउटा ग्रुपको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजी हुनुहुन्छ, अर्को थरीको अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ, जसपाको त आफ्नो अध्यक्ष्न नै छैन् । महन्थ ठाकुर र उपेन्द्र यादव उहाँहरु त कस्मेटिक अध्यक्ष हो । यिनीहरु कामकाजी होईनन् । अहिले जसपाको कुरा गर्दा केपी शर्मा ओलीतिर बलियो छ। सरकारमा जान खोज्यो भने जसपा फुट्छ ।”



प्रतिक्रिया दिनुहोस्