Logo

माधव–झलनाथ समुहले संगठन विस्तारको घोषणा गर्दै



काठमाडौं २१ चैत । नेकपा एमालेको माधव–झलनाथ समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्दैछ । आज (शनिबार) यो समूहले संगठन विस्तार अभियान घोषण गर्ने भएको हो ।

यो समूहले एमाले फुटाउन अध्यक्ष केपी शर्मा ओली नै उद्दत भएको सन्देश पनि तल्लो तहमा लैजाने तयारी गरेको छ । त्यससँगै माधव–झलनाथ समूहका नेताहरुको चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणा सहित तयार पारिएको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म छलफलका लैजाने पनि भएको छ ।
नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध पनि गरेको छ ।

कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरित र पूर्वाग्रही भएको निष्कर्ष यो समूहले निकालेको छ । एमाले अध्यक्ष ओलीले बिहीबार नेताद्वय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । उनले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यसअघि नै ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका थिए ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot