Logo

प्रचण्ड कपिलवस्तु जाँदै



काठमाडौं, २१ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कपिलवस्तु जाँदै छन् ।आज (शनिबार) कपिलवस्तुमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको कारण प्रचण्ड जान लागेका हुन्।

पछिल्लो राजनैतिक घटनाक्रम र अबको राजनीतिक कार्यदिशाका बारेमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको जनाइएको हो । आज १२ बजेदेखि कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखिएको छ । कार्यक्रममा केहीले अन्य पार्टी परित्याग गरी माओवादी प्रवेश गर्ने समेत बताइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्