Logo

आगामी शुक्रबारदेखि थप चार देशका नागरिकलाई बेलायत प्रवेशमा रोक



काठमाडौं, चैत २० । कोभिड १९ को महामारीका बीच बेलायतले ४० देशका नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको छ । पछिल्लो पटक यात्रा प्रतिबन्धमा थपिने राष्ट्रमा फिलिपिन्स, पाकिस्तान, केन्या र बङगलादेश छन् । यी राष्ट्रमा कोरोनाभाइरसको सङ्क्रमण तीब्र रुपमा वृद्धि भएको छ ।

बीबीसीका अनुसार बेलायतले यात्रा प्रतिबन्धको निर्णय केही घण्टाको पूर्व सूचनामा समेत लगाउन पाउनेछ । उक्त निर्णयको कार्यान्वयन आगामी शुक्रबारदेखि लागू हुनेछ । बेलायतले कोभिड १९ को नयाँ संस्करणको सङ्क्रमण रोक्न यात्रा प्रतिबन्ध पछ्याएको छ । उक्त प्रतिबन्ध लगाइने राष्ट्रलाई बेलायतले रातो सूचीमा राखेको छ ।
बेलायतमा शुक्रबार पछिल्लो चौबीस घण्टामा चार हजार ४७९ जना नयाँ सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा ५१ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot