Logo

ताजा जनादेशमार्फत् देशलाई अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड



काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जटिसक्दो चाँडो जानुपर्नेमा जोड दिएका छन् । उनले ढिलोचाँडो देश ताजा जनादेशमार्फत् अहिलेको संसदीय अंकगणितमा हेरफेर गर्नुपर्ने समेत बताए ।

‘ढिलो चाँडो जनादेशमार्फत् अहिलेको संसदीय अंकगणितमा हेरफेर नगरी देश अगाडि बढ्ने देख्दिनँ,’ एक सय ६५ वटा रणनीतिक सडकको एकैपटक आज शिलान्यास गर्दै ओलीले भने । उनले देशको आवश्यकता अनुसारको अंकगणितीय बनाउन पनि चुनाव आवश्यक रहेको बताए ।

ओलीले देशको आवश्यकता र संसदको गणितमा फरक पर्ने समेत बताए । पछिल्लो समय सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रयास सफल नभइरहेको अवस्थामा प्रधानमन्त्री ओलीको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

सरकार अल्पमतमा परे ओली नै अल्पमतको प्रधानमन्त्री बनी चुनाव हुनसक्ने विश्लेषण भइरहँदा पछिल्लो भनाई सार्वजनिक हुनुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot