Logo

माओवादी केन्द्रले ओली सरकारलाई दिइआएको समर्थन भोलि फिर्ता लिने



काठमाडौं, २१ चैत्र । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन भोलि फिर्ता लिने भएको छ । समर्थन फिर्ताका लागि माओवादी केन्द्रले सबै तयारी पूरा गरिसकेको बुझिएको छ ।

माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले भोलि समर्थन फिर्ता लिइने जानकारी दिए । उनले ऋषि धमलासँग भने,‘हामी भोलि नै स्थायी कमिटी बैठक बसेर सरकारलाई दिइआएको समर्थन फिर्ता लिन्छौं ।’

माओवादी केन्द्रलाई सरकारलाई दिइआएको समर्थन फिर्ता लिन दबाब बढिरहँदा पुनले नयाँ खुलासा गरेका हुन् । नेपाली काँग्रेसले हिजै सरकारको नेतृत्व लिन पहल गर्ने निर्णय गरिसकेको छ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय समेत मागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot